बाँकेको बैजनाथमा रक्तदान कार्यक्रम संचालन

बाँकेको बैजनाथमा रक्तदान कार्यक्रम संचालन गरीएको छ। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको युवा संघ बैजनाथ संयोजक अगन मल्ल अशोकले जानकारी दिनुभयाे।

कार्यक्रममा पूर्व राज्यमन्त्री एवं संविधान सभा सदस्य दल बहादुर सुनार, नेकपा प्रदेश कमिटि सदस्य नरेन्द्र पाण्डे जेम्स, गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले संयुक्त रुपमा रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नु भएकाे थियाे। कार्यक्रममा अहिलेसम्म १ सय १२ जनाले रक्तदान गरिसकेको संयोजक अशोकले जानकारी दिनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *