बाँकेमा थप तीन जनाको कोरोनाका कारण मृत्यु

बाँकेमा उपचाररत दाङका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का ४५ बर्षीय पुरुषको बिहीवार राति ९ बजे भेरी अस्पतालमा मृत्यु भएको छ।

त्यस्तै दाङको तुलसीपुरकै वडा नम्बर ५ का ८१ बर्षीय पुरुषको पनि बिहीवार राति पौने ११ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का २६ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा बिहीवार राति १२ बजेर १० मिनटमा उपचारका क्रममा मृत्यु भएको छ।

योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ५८ जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *