बाँकेमा थप एक जना ७४ वर्षिय बृद्धको कोरोनाका कारण मृत्यु

बाँकेमा थप एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेका कोहलपुर नगरपालिका २ का ७४ वर्षिय बृद्धको बिहिबार बिहान मृत्यु भएको हो ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मंसीर ६ गते अस्पताल भर्ना भएका ति पुरुषमा कोरोना संक्रमण देखिएको थियो । रोगको प्रकृति अनुसार सबै उपचार विधि अपनाउँदा समेत उहाँको स्वास्थ्यमा सुधार देखिएको थिएन । यसैबिच उपचारकै क्रममा बिहिबार बिहान २ बजे उपचारकै क्रममा उहाँको मृत्यु भएको हो ।

यो सँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउने जिल्लावासीको सँख्या ३९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *