राप्तीसोनारीकाे महेशपुरमा सशस्त्र प्रहरीको भवन शिलान्यास


राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने नेपाल–भारत  सिमावर्ती क्षेत्र महेशपुरमा सशस्त्र प्रहरी बलको बिओपी भवन शिलान्यास गरिएको छ ।

नेपाल–भारत सिमा अन्तर्गत पर्ने उक्त ठाउँमा बिओपी स्थापनाका लागि बुधबार धार्मिक विधिपुर्वक भवन शिलान्यास गरिएको हो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथी लाहुराम थारुले भवन शिलान्यास गर्नु भएको हो ।

भवन शिलान्यास गरिसकेपछि बोल्दै उहाँले जनताले अहिलेसम्म सिमा स्तम्भको सुरक्षा गर्दै आएकोमा अब सुरक्षाकर्मीसँग मिलेर सुरक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले सिमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरु आफ्नो राष्ट्र र राष्ट्रियता प्रति बफादार रहेको बताउनुभयो । गाउँपालिकाले भवन निर्माणको काम छिट्टै सम्पन्न गर्ने उहाँको भनाई छ । सशस्त्र प्रहरी बल सम्शेरगन्जका डिएसपी जनकराज पन्तले उक्त भवनलाई सशस्त्र प्रहरीले चाडै प्रयोग गरेर शान्ति, सुरक्षामा खटिने बताउनु भयो । उहाँले भन्नुभयो, भवन निर्माणको काम सम्पन्न भए लगत्तै चाडै हाम्रो बिओपीले यहाँ बसेर काम सुरु गर्नेछ ।’
उक्त ठाउँमा सशस्त्र प्रहरी बलको बिओपी राख्नका लागि यसअघि जनप्रतिनिधी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीको एक सर्बपक्षिय टोली स्थलगत निरीक्षण गर्न त्यहाँ पुगेको थियो । उक्त ठाउँ बाँकेको अति दुर्गम क्षेत्रका रुपमा चिनिन्छ । स्थानीयका अनुसार आधा दर्जनबढी त्यहाँका गाउँमा १ सय ७० घरधुरी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *