नरैनापुरमा पहिलो पटक रक्तदान सम्पन्न


बाँकेको नरैनापुर गाउँपालिकामा पहिलो पटक बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नरैनापुर गाउँपालिकाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी बाँकेको सहयोगमा रक्तदान जीवनदान कार्यक्रम भनि कार्यक्रमको आयोजना गरिएको छ ।
रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरबासीका नेपालगन्ज उपचारमा जानआउन कालोपत्र सडक सञ्जालले जोडिएपछि सहज भएको छ । सयौं पटक रगतको अभावमा विरामीले कष्ठ पाउनु पर्ने बाध्यताको अन्त्य गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । अध्यक्ष शाहले रक्तदान गर्नुपर्छ भन्ने सोचको विकास गर्नका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको उहाँले विचार व्यक्त गर्नु भयो ।
रक्तदान कार्यक्रम गाउँपालिकाको कार्यालय परिसरमा आयोजना गरिएको थियो । रक्त दान गर्ने जम्मा ४१ जना रक्तदाता हुनु भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीका अनुसार जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको प्रतिनिधित्व भएको थियो । प्रमुख प्रशासकीय अधिकृत शाहीले यस प्रकारको कार्यक्रम जनस्तरमा र राजनीतिक दलहरुले आयोजना गरेर अझै व्यापकता बनाउनु पर्ने बताउनु भयो । उहाँले रक्तदान जीवनदान हो भन्ने भावनाको समेत विकास गर्नका लागि अझै यस प्रकारका कार्यक्रम सबै पक्षबाट आयोजना हुन पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *