नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकताको उपज भएको आफ्नो निश्कर्ष सुनाउनु भएको छ ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमा छोटो टिप्पणी गर्दै मुख्यमन्त्री पोखरेलले गुटगत मानसिकताले ग्रस्त भएकाहरूले पार्टीमा उत्पन्न समस्यामा एक पक्षलाइ मात्र जिम्मेवार देखेको बताउनुभएको हो । ‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजिनामाको मागगर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो,’ मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ । नेकपाको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ ।