नेपालमा थप एक हजार ४७४ जनामा कोरोना भाइरस सङ्क्रमण

नेपालमा कोरोना भाइरसका एक हजार ४७४ जना सङ्क्रमित थपिएका छन्। थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ४७४ जना सङ्क्रमित थपिएको पुष्टि भएको उल्लेख गरेको छ। हाल १७ हजार ४२३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ९३१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख १४ हजार ५२१ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा कोभिड–१९ को संक्रमणमुक्त हुने दर ९१।८९ प्रतिशतमा उक्लेको छ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २९ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५०८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ५३५ जना क्वारेन्टिनमा रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *