चीनका रक्षामन्त्री वेई फेङ्ही काठमाडौमा

जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएको छ। उहाँलाई गृहमन्त्री रामबहादुर थापा बादलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वगत गर्नु भएको थियो। साे अबसरमा परराष्ट्रमन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुनेछ। त्यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि उहाँसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने तय भएको छ।
उहाँ आइतबार साँझ नै स्वदेश फर्कनुहुने जानकारी दिइएको छ। नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *