ग्रामीण विकास तथा रोजगार सहजकर्ताकाे अभिमुखीकरण सम्पन्न

लुम्बिनी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका सहजकर्ताकाे अभिमुखीकरण सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रम शुक्रबार र शनिबार दुई दिने मुकाम बुटवलमा संचालन भएको थियोे ।

कार्यक्रममा मुख्यमन्त्री शंकर पाेखरेलले कार्यक्रम लक्षित वर्ग सम्म पुग्नुपर्ने कुरामा सबै स्थानीय तह, कार्यक्रम सिफारिस समिति र सहजकर्ताले ध्यान दिनुपर्ने कुरामा जोड दिनु भयो। कार्यक्रममा प्रदेश सचिब तोयनारायण ज्ञवाली , सचिव नारायण दुवाडी , योजना आयोग सदस्य डा.विष्णु गौतम र सदस्य सचिब यमकान्त पान्डेले कार्यक्रमको बारेमा अभिमुखिकरण गराउनु भएको थियो ।

कार्यक्रममा सहभागिको तर्फबाट विगतका अनुभव र आगमी दिनमा कार्यक्रम सफल बनाउनका लागि नीतिगत र व्यवहारिक पक्षमा बाँकेका कार्यक्रम सहजकर्ता जमुना चालिसे आफ्ना विचार व्यक्त गर्नु भएको थियोे । साेही अबसरमा अर्घाखाँचीका भरत न्यौपाने कार्यक्रमको सिकाइको बारेमा अनुभव वताउनु भएको भएको थियो । कार्यक्रमको संचालन मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय लुम्बिनी प्रदेशका शाखा अधिकृत प्रेम गौतमले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *