पहिलो टि-२० न्यूजिल्याण्डको रोमाञ्चक जित, वेस्टइंडिज ५ विकेटले पराजित

न्यूजिल्याण्ड र वेस्टइंडिज बिचको पहिलो टि-२० न्यूजिल्याण्ड क्रिकेट टिमले ५ विकेटले जित हासिल छ। वर्षाले खेल प्रभावित भएपछि २० ओभरको टि-२० लाई १६ ओभरमा घटाइएको छ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको वेस्टइंडिजले १६ ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो। वेस्टइंडिजका लागि कप्तान काइरोन पालार्डले ३८ बलमा ७५ रनको विस्फोट पारी खेलेका थिए। न्यूजिल्याण्डका लागि भने बलिङ्गमा लकी फग्र्युसनले सर्वाधिक ५ विकेट लिएका थिए।

वेस्टइंडिजले दिएको १८१ रनको लक्ष्य न्यूजिल्याण्डले १५.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। न्यूजिल्याण्डका लागि ब्याटिङ्गमा जिमी निशमले सर्वाधिक ४८ रन बनाएका थिए। त्यसक्रममा उनले ३ छक्का र ५ चौका प्रहार गरेका थिए।

जितसँगै न्यूजिल्याण्ड ३ खेलको टि-२० श्रृखलमा १-० ले अग्रता लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *