बाँकेका थप ४ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदै

बाँकेमा शुक्रवार ४ जना मात्र कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। बिभिन्न आइसोलेशनमा बसेका १ पुरुष र ३ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन्।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ८७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनेभयाे।

अब आइसोलेशनमा बाँकेका १ सय ९९ र अन्य जिल्लाका ४९ गरी २ सय ४८ जना रहेका छन्। हालसम्म बाँकेमा ३ हजार ८ सय २४ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३८ जनाको मृत्युु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *