नेपालमा कोरोनाभाइरसका एक हजार ६१४ जना सङ्क्रमित थपिएका छन्। थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २७ हजार ६४० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा नौ हजार ४९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ६१४ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ।
हाल १६ हजार ७९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ। हालसम्म १७ लाख जनाको परीक्षण गरिएको छ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ४३७ जना सङ्क्रमित निको भएका छन्। हालसम्म दुई लाख नौ हजार ४३५ जना सङ्क्रमित निको भइसकेका छन्।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४१२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले हाल ६८० जना क्वारेन्टिनमा रहेको जनाएको छ।