राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

नेपाल क्रिकेट संघ(क्यान) ले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गरेको छ। कोभिड महामारीले करीब दश महिनादेखि अवरुद्ध बन्न पुगेको क्रिकेट पुनः लयमा फर्किन लागेको हो।

बन्द प्रशिक्षण सुरु हुनुअघि गरिएको स्वाब परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलमा सङ्क्रमणको पुष्टि भएपछि तीनैजना आइसोलेशनमा छन्। प्रशिक्षणमा थप पाँच खेलाडी समावेश गरिएका छन्।
अनिलकुमार साह, विक्रम सोब, कुशल भुर्तेल, रित गौम र लोकेश बमलाई बोलाइएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउण्डमा कोभिड विरुद्ध विशेष सतर्कता अपनाएर खेलाडीहरुले बन्द प्रशिक्षण सुरु गरेका छन् । प्रशिक्षकको पदपूर्तिमा ढिलाइ हुँदा जगतबहादुर टमाटाले नै बन्द प्रशिक्षणमा प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्नुहुनेछ।

प्रशिक्षणमा पूर्ब कप्तान पारस खडकासहित २२ जना खेलाडी सहभागी छन्। त्यसैगरी, शरद भेषावकर, करण केसी, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुशन भारी र ललित नारायण राजवंशी सहभागी छन्। मोहम्मद आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुवास खकुरेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी र सन्दीप जोरा छन्। किशोर महतो र भुवन कार्की समेत बन्द प्रशिक्षणमा सहभागी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *