बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङका कोरोना संक्रमित एक पुरुषहरुको उपचारका क्रममा बिहिवार बिहान नेपालगन्जमा मृत्यु भएको हो।

राप्ती गाउँपालिका वडा नम्बर ४ दाङका ४२ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा बिहिवार बिहान ७:४८ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो।

श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए। कोरोनाको आशंकामा मंसिर २ गते स्वाब संकलन गरिएको र ३ गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । तत्पश्चात उनि ३ गते बेलुका ५ बजे भेरी अस्पताल नेपालगन्जको कोभिड-१९ आइसोलेसन वार्डमा भर्ना भएका थिए।

उपचारका क्रममा रोगको प्रकृति अनुसार अक्सिजन थेरापी, ओ टु सिप्याप, रेमडिसिभर, भेन्टिलेटर लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रदै गएपछि बिहीवार बिहान ७:४८ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको फोकल कोभिड पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो।

यो सङ्गै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ५० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *