बाँकेमा कोरोनाका बिरामी निको हुने दर ९४.३४ प्रतिशत, आज दुई जना डिस्चार्ज

बाँके जिल्लाबाट आज बिहीबार कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएका दुई जना निको भइ डिस्चार्ज हुँदैछन्।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा दुबै जना पुरुष रहेका छन्। यो सँगै जिल्ला भर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या तीन हजार पाँच सय ८३ पुगेको छ।

बाँकेमा हालसम्म तीन हजार सात सय ९८ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डीसीसीएमसी बाँकेले जनाएको छ। संक्रमित मध्ये ३८ जनाको मृत्यु भएको छ। बाँके र बाहिर जिल्लाका गरी अहिले दुई सय २८ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन्।

बाँकेमा कोरोनाका बिरामी निको हुने दर ९४.३४ प्रतिशत, मृत्यु दर १.०० प्रतिशत र रोगको प्रकोप दर ०.६३ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *