एक हजार ९४८ जना सङ्क्रमित थपिए, संक्रमणमुक्त हुने दर ९२ प्रतिशत

नेपालमा कोरोना भाइरसका एक हजार ९४८ जना सङ्क्रमित थपिएका छन्  थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २६ हजार २६ पुगेको छ। योसँगै सक्रिय सङ्क्रमित संख्या १६ हजार ६३९ छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १४० निको भएका छन्।

निको हुनेको संख्या दुई लाख ७ हजार ९९८ छ। नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९२ प्रतिशत पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप २८जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३८९पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *