बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ८१ पुग्याे

बाँकेमा बुधवार २३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। विभिन्न आइसोलेशनमा रहेका १६ पुरुष र ७ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन्।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ८१ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयाे।

अब आइसोलेशनमा बाँकेका १ सय ५४ र अन्य जिल्लाका ५४ गरी २ सय ८ जना रहेका छन्। हालसम्म बाँकेमा ३ हजार ७ सय ७३ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३८ जनाको मृत्युु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *