नेपालमा कोरोना भाइरसका एक हजार ७९० जना सङ्क्रमित थपिएका छन्। थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ। यो सँगै सक्रिय सङ्क्रमित संख्या १७ हजार ८५९ रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार ७९१ निको भएका छन्।
निको हुनेको संख्या दुई लाख चार हजार ८५९ रहेको बताउनुभयो। नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९१.४२ प्रतिशत पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप २४ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३६१ पुगेको छ।