प्युठानका ७८ वर्षिय बृद्धको कोहलपुरमा मृत्यु

कोरोना संक्रमण पुष्टि भएका प्युठानका ७८ वर्षिय कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारकालागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बृद्धमा कोरोना संक्रमण देखिएको थियो।

संक्रमण पुष्टि भएलगत्तै कोरोना विशेष वार्डमा सारेर उपचार गर्दै गर्दा मंगलबार बिहान ति पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ।

कात्तिक ३० गते अस्पताल भर्ना भएका ति पुरुषको कोरोना पुष्टि भएको १० दिनपछि आज बिहान ९ बजे मृत्यु भएको हो। अस्पतालका अनुसार बिरामीलाई रोगको प्रकृती अनुसार सबै प्रकारको उपचार विधि अपनाईएको थियो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारकालागि आएर ज्यान गुमाउने कोरोना संक्रमतिको सँख्या ४८ पुगेको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *