कोरोना संक्रमणबाट प्यूठानका एक पुरुषको नेपालगञ्जमा मृत्यु

कोरोना संक्रमणबाट प्यूठानका एक पुरुषको नेपालगञ्जमा मृत्यु भएको छ।

नौबहिनी गाउँपालिका वडा नम्बर ६ का ७८ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा आज विहान ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो। स्वास्थ्यमा समस्या आए पश्चात् नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका उनको कोभिडको आशंकामा त्यसै दिन स्वाब संकलन गरिएको थियो।

मंसिर १ गते कोरोना पुष्टि भएका उनलाई २ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। विरामीकोे रोगको प्रकृति अनुसार उपचार गरिएपनि स्वास्थ्यमा सुधार नभएपछि उनको आज विहान मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो। यो संगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *