बाँकेमा १५ पुरुष र १३ महिला कोरोनामुक्त भई डिस्चार्ज

बाँकेमा मंगलवार २८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। विभिन्न आइसोलेशनमा रहेका १५ पुरुष र १३ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन्।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ५८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयाे।

अब आइसोलेशनमा बाँकेका १ सय ५१ र अन्य जिल्लाका ५४ गरी २ सय ५ जना रहेका छन्। हालसम्म बाँकेमा ३ हजार ७ सय ४७ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३८ जनाको मृत्युु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *