भेरीको परीक्षणमा बाँकेका २१ सहित ५४ जनामा कोरोना पुष्टि

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २१ सहित ५४ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय १८ जनामा गरिएको परीक्षणमा बाँकेका २१ सहित रुकुम, जाजरकोट, बर्दिया, हुम्ला र जुम्लाका ५४ जनामा कोरोना पुष्टि भएको हो।

हालसम्म ४९ हजार ६६ जनाको परीक्षण गर्दा ४ हजार ३ सय ३९ जनामा कोरोना देखिएको भेरी अस्पतालले सोमवार बेलुकी जारी गरेको सूचनामा उल्लेख छ। कोरोनाका कारण बाँकेमा ३८ जनाको ज्यान गइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *