नेपालमा कोरोना भाइरसका एक हजार ९८० जना सङ्क्रमित थपिएका छन्। थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २२ हजार २८८ पुगेको छ। यो सँगै सक्रिय सङ्क्रमित संख्या १८ हजार ८८४ रहेका छन्।
मन्त्रालयका प्रेस ब्रिफिङमा थप १६ जनाको मृत्यु भएको जानकारी छ। यसै गरि तीन हजार ४३ जना निको भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा:गौतमले निको हुनेको संख्या २ लाख २ हजार ६७ जना रहेको बताउनुभयो। यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३३७ पुगेको छ।