प्रदेश लोक सेवा आयोगले खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन गरेको छ । बागमती प्रदेश लोक सेवा आयोगको तर्फबाट गोरखापत्रमा आज सूचना निकालेर आयोगले प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा, समूहका अप्राविधिक र प्राविधिक तर्फका पदहरुको आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो ।
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको वेभसाइटबाट दरखास्त फारम डाउनलोड गरेर आवश्यक शैक्षिक योग्यता लगायतका कागजात खुलाएर फारम भर्न सकिने आयोगले जनाएको छ । बागमती प्रदेश र स्थानीय तहका लागि आवश्यक कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरिएको हो ।