एक हजार ६६९ जना नयाँ सङ्क्रमित थपिए, कुल दुई लाख २० हजार ३०८

पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १ हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार आज देशभर ५ हजार ६ सय ९९ जना संक्रमित कोरोनामुक्त भएका छन्।

त्यसैगरी, विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३ सय २१ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ८ हजार ३२ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १६ लाख ६० हजार ७५ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *