बाँकेमा खाद्य व्यवस्थाद्धारा धान खरिद सुरु

बाँकेमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेको छ। सस्थानले धान खरिद सुरु गरे सगै धान विक्रिका लागी आउनेहरुको भिडभाड बढेको छ।

कम्पनीले मोटा धान २ हजार ७ सय ३५ र मध्यम धान २ हजार ८ सय ८५ मुल्यमा खरिद गरिरहेको छ। धान खरिद गर्नका लागी कम्पनीले शनिबार बाहेक हरेक दिन विहान ९ बजेदेखि ४ बजेसम्मको समय छुटयाएको जनाएको छ।

धान विक्रि गर्न आउनेहरुले आफनो परिचय खुल्ने परिचयपत्र लिएर आउनुपर्ने कम्पनीले जनाएको छ। सरकारले तोकेको न्युनतम समर्थन मुल्य अनुसार नै धान खरिदको कार्य शुरु गरिएको मुख्य शाखा प्रमुख निर्मल थापाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *