बाँके प्रहरीद्धरा अबैध सामाग्री बरामद

जिल्ला प्रहरी कार्यालय बाँकेले अबैध रुपमा नेपाल भित्राउँदै गरीएको अवस्थामा ठुलो परिमाणमा विद्युतिय बल्ब नियन्त्रणमा लिएको छ। शनिबार बेलुका ७ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुर (ईतराम बाबाको मन्दिर नजिक) मा भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउदै गरेको २०० वाडको ६० काटुन ९३००० पिस साधारण विद्युतिय बल्ब नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटीएको प्रहरी टोलीले अबैध बल्बसहित नेपालगंज उपमहानगरपालिका १६ जयसपुर बस्ने १७ वर्षिय दिनेश बर्मा, सोही ठाँउका १७ वर्षिय अनिल कुमार गोडिया र मोबिन कबडियालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *