आइतबार बाँकेका थप ३१ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १० का ४ बर्षिय एक बालकसहित बाँकेका १६ महिला र १५ पुरुष गरी ३१ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन। उनिहरुलाई कात्तिक २७ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो।
यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ५०४ पुगेको छ।
विभिन्न आइसोलेसन केन्द्रमा १५४ जना सक्रिय संक्रमित उपचाररत छन्। बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ६९६ रहेको छ भने ३८ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ।