नेपालगञ्ज म्याराथनमा सशस्त्रका पार्की बन्नु भयो च्याम्पियन

छैठौं धारा नेपालगञ्ज म्याराथन शनिबार नेपालगन्जमा सम्पन्न भएको छ । पुरा म्याराथन (पुरुष) र हाफ म्याराथन (महिला) गरी दुईवटा इभेन्टमा नेपालगन्ज म्याराथन सम्पन्न भएको हो ।

पूरा म्याराथन तर्फ सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले ४२ दशमलव १९५ किलोमीटरको दुरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पार गरेर प्रथम स्थान हासिल गरी छैठौं धारा नेपालगञ्ज म्याराथनको च्याम्पियन बनाउनु भएकाे छ । उहाँले ७५ हजार रुपैयाँको पुरस्कार हात पार्नु भएको छ । पार्कीले टोकियो ओलम्पिकमा भाग लिन पाउने भएका छन् । उहाँ १३औं सागमा स्वर्ण पदक विजेता पनि हाे ।

त्यसैगरी, २ घण्टा २० मिनेट ४९ सेकेन्डमा उक्त दुरी पार गरेर त्रिभुवन आर्मी क्लबका कृष्णबहादुर बस्नेत द्वितीय बने उहाँले ३० हजार रुपैयाँको पुरस्कार हात पार्नु भएको छ । आर्मी क्लबकै खगेन्द्र भाटले २ घण्टा २७ मिनेट २८ सेकेन्डमा सो दुरी पार गरी तृतीय हुनुभएकाे छ । उहाँले २० हजार रुपैयाँको पुरस्कार हातमा पार्नु भएको छ ।

हाफ म्याराथन तर्फ सशस्त्र प्रहरीकै पुष्पा भण्डारी च्याम्पियन हुनु भएकाे छ । उहाँले २१ किलोमिटरको दुरी १ घन्टा २६ मिनेट ५४ सेकेन्डमा पार गरी च्याम्पियन हुनु भएकाे हाे। उहाँ १३औं सागमा सिल्भर मेडल विजेता पनि हुनुन्छ । उहाँले ३० हजार राशीको पुरस्कार हातमा पार्नु भएको छ ।

त्यसैगरी हुम्लाकी मन्जु रावतले १ घन्टा ३० मिनेट ७ सेकेन्डमा सो दुरी पार गरी द्वितीय र दाङकी शर्मिला घर्तीले १ घन्टा ३८ मिनेट १४ सेकेन्डमा सो दुरी पार गरी तृतीय हुनु भएकाे छ । उहाँहरुले क्रमशः १५ हजार र १० हजार रुपैयाँको पुरस्कार प्राप्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *