तीन लाख घुससहित मालपोतका नासु पक्राउ

मालपोत कार्यालय दाङका नायब सुब्बा र कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन्। जग्गा नाप जाँच गरी पुर्जा बनाई दिने भन्दै सेवाग्राहीबाट लिएको ३ लाख २० हजार घुस रकमसहित नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे पक्राउ परेका हुन्।

घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले शुक्रवार दुबै जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

दुबै जनामाथि थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *