नेपालमा हालसम्म १६ लाख ४३ हजार ८९९ जनाको पीसीआर परीक्षण

नेपालमा कोरोना भाइरसका एक हजार ९४५ जना सङ्क्रमित थपिएका छन्। थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ४४० जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा एक हजार ९४५ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ। हाल २४ हजार ६६५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ। हालसम्म १६ लाख ४३ हजार ८९९ जनाको परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार ३६४ जना सङ्क्रमित निको भएका छन्। हालसम्म एक लाख ९१ ह्जार दुई जना सङ्क्रमित निको भइसकेका छन्। मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २२ जना सङ्क्रमितको मृत्यु भएको दत्र्ता गरेको छ। हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार २९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले हाल ७५३ जना क्वारेन्टिनमा रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *