नेपालमा कोरोना भाइरसका दुई हजार १०३ जना सङ्क्रमित थपिए

नेपालमा कोरोना भाइरसका दुई हजार १०३ जना सङ्क्रमित थपिएका छन्। पछिल्लो चौबीस घण्टामा दुई हजार १०३ जना सङ्क्रमित थपिएको र दुई हजार ८५८ जना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा अहिलेसम्म १६ लाख ३३ हजार ५५९ नमूनाको आरटी पीसीआर परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको जनाएको छ।

हालसम्म एक लाख ८५ हजार ६३८ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ। नेपालमा अहिले निको हुने दर बढेको छ। आजसम्म नेपालमा निको हुने प्रतिशत ८६ पुगेको छ।

क्वारेन्टिनमा ७६७ जना छन्। हाल २८ हजार १०६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ।पछिल्लो चौबीस घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या एक हजार २७६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *