कांग्रेस बाँके सचिव पौडेललाई कोरोना संक्रमण

नेपाली कांग्रेस बाँकेका सचिब तप्त बहादुर पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ। पिसीआर परिक्षणका लागि मंगलबार स्वाब दिनु भएकाे र  बुधबार आएको रिपोर्टमा उहालाइ कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमण भए पश्चात् पौडेल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ स्थित आफ्नै निवासमा होम आइसोलेसनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलले जानकारी दिनुभयाे। आफुसंंग सम्पर्कमा आएका ब्यक्तिहरुलाई सुरक्षित भएर आइसोलेसनमा बस्न र लक्षण चिन्ह देखिए कोरोना परिक्षण गर्न उहाले अनुरोध समेत गर्नु भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *