नेपालमा कुल काेराेना सङ्क्रमितको संख्या दुई लाख १२ हजार ९१७ पुग्याे

नेपालमा कोरोना भाइरसका एक हजार ४४२ जना सङ्क्रमित थपिएका छन्। पछिल्लो चौबीस घण्टामा एक हजार ४४२ जना सङ्क्रमित थपिएको र तीन हजार ५३८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १२ हजार ९१७ पुगेको जनाएको छ। हाल २८ हजार ८७८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ। हालसम्म एक लाख ८२ हजार ७८० जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो चौबीस घण्टामा १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या एक हजार २५९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *