बुधबार बाँकेका थप १९ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेका ७ महिला र १२ पुरुष गरी १९ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन। उनिहरुलाई कात्तिक २३ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो।
यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ३९३ पुगेको छ।
विभिन्न आइसोलेसन केन्द्रमा १७५ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ६०५ रहेको छ भने ३७ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ।