नेकपा बाँकेका नेता भुषालको निधन


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुषालको कोरोना सङ्क्रमणबाट मंगलबार निधन भएको छ । भुषालको निधनले नेकपा बाँकलाई ठूलो क्षति भएको र पार्टीका सबै कार्यकर्ता मर्माहत भएकाे नेकपा बाँकेका जिल्ला पार्टी अध्यक्ष आइपी खरेलले जानकारी दिनु भयाे ।  अध्यक्ष खरेलले पार्टी नेता भुषालको कोरोना महामारीबाट ज्यान गुमानु परेको छ, यसले सिंगो पार्टीपंतिनै शोकमा परेको बताउनु भएको छ ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५, निवासी ५८ बर्षीय नेता भुषालालाई कोरोना संक्रमण देखिए पछि शिक्षण अस्पताल कोहलपुरमा उपचाररत हुुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या भएपछि थप उपचारका लागि भेरी अस्पतालमा ल्याएर भर्ना गर्नेक्रममा आजसाँझ करिव ५ः१५ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जानकारी दिएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार भुषाललाई कार्तिक ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बस्नु भएको बताउनु भएको छ ।  मृतक भुषाल नेकपाका पुराना नेता तथा वर्तमान बाँके जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो । नेकपा बाँकेका अध्यक्ष खरेलका अनुसार भुषालको बुधबार सरकारले बनाएको मापदण्ड अनुसार अगैया घाटमा अन्तिेष्ठी गरिने जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *