बाँकेमा थप एक जना पुरुषको कोरोनाका कारण मृत्यु

नेपालगन्जमा दाङका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मंगलबार बिहान नेपालगन्जमा मृत्यु भएको हो ।

घोराही उपनहानगरपालिका वडा नम्बर १५, दाङका ७५ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मंगलबार बिहान १०:२० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनि कात्तिक २६ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा स्वास्थ्य उपचारका लागि पुगेका थिए । कोरोनाको आशंकामा कात्तिक २६ गते स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको र २७ गते आएको रिपोर्टमा उहाँलाई कोरोना पुष्टि भएको थियो । त्यसपछि उहाँलाई उपचारका लागि २७ गते राती ८:४० बजे भेरी अस्पतालमा भर्ना गरिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रद्वारा जारी नोटमा जनाइएको छ ।

भेरी अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा भर्ना भएका उहाँलाई उपचारका क्रममा अक्सिजन, एन्टिबायोटिक्स, सिप्याप, रेमडिसिभर लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रदै गएपछि मंगलबार बिहान १०:२० बजे उहाँको मृत्यु भएको अस्पतालले पुष्टि गरेको फोकल पर्सन श्रेष्ठले जानकारी दिनु भयो । मृतक मुटु सम्बन्धि रोगी भएको र उहाँको केही समय पहिला मुटुको भल्भ सम्बन्धि शल्यक्रिया गरिएको बताइएको छ ।

यो सङ्गै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ३९ पुगेको छ । यसअघि बाँके जिल्लाका ३६ जना कोरोना संक्रमितको ज्यान गैसकेको छ । जिल्ला भित्र र जिल्ला बाहिरका गरी बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *