बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ६०१ पुग्यो

बाँकेमा मंगलबार थप ५६ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज १० का २ बर्षिय एक बालकसहित बाँकेका २४ महिला र ३२ पुरुष गरी ५६ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई कात्तिक २२ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ३७४ पुगेको छ ।

विभिन्न आइसोलेसन केन्द्रमा १९१ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ६०१ रहेको छ भने ३६ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *