विभेद अन्त्यमा शंखधरको ठूलो योगदान छ: मुख्यमन्त्री पोखरेल


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल सम्वतका प्रवर्तक शंखधर साँख्वाले विभेदको अन्त्य र समानताको स्थापनाका लागि महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ । उहाँले नेपाल सम्वत ११४१ का अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

नेपाल सम्वत नेपाली परम्परा र मौलिकतासंग गाँसिएको छ । शुभकामना सन्देशमा शंखधर साँख्वाले गरिबको ऋणमोचन गरेको खुशीयालीमा शुरु भएको नेपाल सम्वतले सामाजिक विभेदको अन्त्य र समानताको स्थापनामा सधंै महत्व राख्छ भनिएको छ । उहाँले साँख्वाले गरेको योगदानको सम्झनाले नेपाली समाजमा परोपकारी भावना फैलाउन मद्दत गरेको छ । नेपाल सम्बतका प्रवर्तक शंखधर साँख्वालाई राष्ट्रिय विभूतिको रुपमा सम्मानदिनु महत्वपूर्ण काम हो ।

मुख्यमन्त्री पोखरेलले संघीयताको व्यवहारिक कार्यान्वयन गर्दै नागरिकका अपेक्षा पूरा गर्न हामी दृढसंकल्पित रहेको बताउनु भएको छ । मुलुकबाट अव छिटो भन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्यगर्दै समृद्ध र समतामुलक समाजनिर्माण गर्ने अभियानमा सरकार जुटिरहेको बताउनु भएको छ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिकदल, समुदाय,संघ संस्था र आमनागरिकमा हार्दिक अपील गर्नु भएको छ ।

उहाँले कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन सरकारको प्रयासमा सबैको सार्थक सहयोगको खाँचो छ । साधनश्रोत र जनशक्तिलाई अधिकतम रुपमा परिचालनगर्दै तहगत सरकारहरुले कामगरिरहेको बताउनु भएको छ । वास्थ्य सुरक्षा मापदण्ड पालनागर्दै दैनिकी अघि बढाउँदा कोरोनाबाट आफूँजोगिन र अरुलाई पनि जोगाउन सकिने धारणा व्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *