बाँकेमा ४७ जना गम्भीर कोरोना बिरामीको उपचार हुँदै

बाँकेका विभिन्न कोरोना विशेष अस्पतालमा ४७ जना कोरोनाका गम्भीर बिरामीको उपचार भइरहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्ला भित्र र बाहिरी जिल्लाका गरी ४७ जना कोरोनाका गम्भीर बिरामीको भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ ।

भेरी अस्पताल नेपालगन्जमा ३५ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १२ जना कोरोनाका गम्भीर बिरामीको उपचार भैरहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए। उनका अनुसार २ जनाको भेन्टिलेटर, २३ जनाको आइसियु र २२ जनाको अक्सिजनमा राखेर उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *