सल्यानकाे श्रीनगर बजार मंसिर ६ गतेसम्म पूर्ण रुपमा सील

सल्यान श्रीनगर बजार ७ दिनको लागी पूर्ण रुपमा सील गरिएको छ। श्रीनर बजारबाट ४६ जनाको स्वाब संकलन गरी पिसीआर जाँच गर्दा ३३ जनामा कोरोना पोजिटिभ देखिएपछि श्रीनगर बजार ७ दिनकालागि सील गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आज शनिवार बसेको जिल्ला सुरक्षा समिति सल्यानको बैठकले आज शिनबारदेखि मंसिर ६ गतेसम्म स्वास्थ्य सेवा, प्रेटोल पम्प, बैंक बाहेकका सबै खाले क्षेत्र तथा सेवाहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। शारदा नगरपालिका कार्यपालिकाको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिले सिल गर्ने निर्णय गरेको हो ।

शारदा नगरपालिका वडा नं १ को चैवाङ जिउला, शान्तिनगर, श्रीनगर बजार, छापडाँडा, दारिम्चौर, पट्नेरी, वडा नं २ को जोगिदेउखोला, वडा नं ६ को बराला सम्मको क्षेत्र सील गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *