बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार २ सय ६९ पुग्याे

बाँकेमा शनिवार ३१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १५ पुरुष र १६ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार २ सय ६९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

अब आइसोलेशनमा २ सय ४३ जना छन् । हालसम्म बाँकेमा ३ हजार ५ सय ४८ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३६ जनाको मृत्युु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *