बाँकेका १७ सहित ४० जनामा काेराेना पुष्टि

भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा शुक्रबार ४० नयाँ संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा १०४ जनाको नमुना परिक्षण गरीएकोमा बाँकेका १७ सहित ४० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

बाँकेका अलावा आज थपिएका नयाँ संक्रमितरु बर्दिया, दाङ, अछाम, सिराहा र सल्यानका रहेका छन । भेरी अस्पतालको ल्यावमा हालसम्म ४८२६९ जनाको स्वाव परिक्षण गरीएकोमा ४ हजार १०३ जनामा संक्रमण पुष्टि भईसकेको अस्पतालले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *