बाँकेमा कोरोना संक्रमतिको सँख्या ३५२२ पुग्याे

बाँकेका बिहिबार थप ३१ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा ३१ नयाँ संक्रमित थपिएकाे जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

पछिललो २४ घण्टामा भेरी अस्पताल नेपालगन्जको परिक्षणमा जिल्ला भित्रका १९ र जिल्ला बाहिरका १३, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको परिक्षणमा जिल्ला भित्रका ९ र जिल्ला बाहिरका ७, वागेश्वरी डाईग्नोष्टिक ल्यावको परिक्षणमा जिल्लाभित्रका ३ र जिल्ला बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसागै बाँकेमा कोरोना संक्रमतिको सँख्या ३५२२ पुगेको छ भने कोरोना संक्रमणबाट हालसम्म ३६ जनाले ज्यान गुमाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *