बाँकेमा आठ महिला सहित ३१ जनाले रक्तदान गरे

नेपालगन्जमा रगतको अभव भइरहेको अवस्थामा विहीवार यहाँ आयोजित रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारी लगायत ८ जना महिला सहित ३१ जना स्वयमसेवी रक्तदाताहरुले रक्तदान गेका छन् । नेपालगन्जबाट विगत ३९ वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

श्री टिभिएस मोटर साइकल तथा ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा।लि।, नेपालगन्ज-१८, बाँकेको सहकार्यमा स्थानीय कारकाँदो चोक स्थित टिभिएस शो रुममा भएको उक्त रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, टिभिएसका क्षेत्रीय बजार प्रवन्धक प्रकाश श्रेष्ठ, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा।लि।का अध्यक्ष विशाल श्रेष्ठ, निर्देशकद्वय रण बहादुर शाही महादेव सिंह ठकुरी, जनमत सम्पादक पूर्णलाल चुके र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले प्राविधिकलाई रगत संकलन गर्ने प्याकेट प्रदान गरी रक्तदानको शुरु भएको हो ।

जनमतले आफ्नो रजत महोत्सव २०६३ साल वैशाख २९ गतेदेखि हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । विशेषगरि रगतको अभावमा छट्पटाईरहेका गरीब, असहाय र दूरदराजबाट आउने विरामीहरुलाई लक्षित गरेर रक्तदान महादानको पवित्र उद्देश्यले आयोजना गर्दै आएको रक्तदानको यो ४७ औं श्रृङ्खला हो ।

कार्यक्रम संयोजक पवन जायसवालका अनुसार कोरोेना भाइरसका कारण रगतको अभाव भइरहेको अहिले अवस्थामा व्यक्तिगत दूरी र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *