नेपालमा थप एक हजार ९१३ जनामा काेराेना पुष्टि

नेपालमा कोरोना भाइरसका एक हजार ९१३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९१३ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ३४९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ९१३ जना सङ्क्रमित थपिएकोमा दुई हजार ३४९ जना निको भएको जनाएको छ । हाल ३८ हजार ४६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय  छ । हालसम्म एक लाख ६५ हजार ४९२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालसम्म पन्ध्र लाख ८४ हजार ७१५ जनाको आरटीपीसीआर परीक्षण गरेको छ ।

पछिल्लो चौबीस घण्टामा करीब दश हजार पाँच सय जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा १५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १८९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *