कोरोना संक्रमणका कारण बाँकेमा थप एकको मृत्यु

कोरोना संक्रमणका कारण बाँकेमा थप एकको ज्यान गएको छ । (कोभिड-१९) का कारण बिरामी भई नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेका कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका ३२ वर्षिया एक महिलाको मृत्यु भएको हो ।

स्वासप्रस्वासमा समस्या देखिएपछि उनि कात्तिक २५ गते अस्पताल भर्ना भएकी थिइन । कोरोनाको आशंकामा २६ गते स्वाब संकलन गरेको र सिहिदिन आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा गएराती १२स्१५ बजे उनको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

उपचारका क्रममा उनको रोगको प्रकृति अनुसारको एन्टिबायोटिक, अक्सिजन, सिप्याप लगाएतका सबै प्रकारको आवश्यक सपोर्टिभ बिधिबाट उपचार गर्दादर्दै गएराती १२स्१५ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सँख्या ३६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *