बाँकेबाट ८० बर्षिय एक वृद्धसहित थप ४४ जना संक्रमित कोरोना मुक्त

बिहिबार बाँकेबाट ८० बर्षिय एक वृद्धसहित थप ४४ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन ।

(जिल्ला कोभिड-१९) संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहिबार रामपुर ३, बाँकेका ८० बर्षिय एक वृद्धसहित बाँकेका २१ महिला र २३ पुरुष गरी ४३ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई कात्तिक १७ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार १९४ पुगेको छ ।

विभिन्न आइसोलेसन केन्द्रमा २६२ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ४९१ रहेको छ भने ३५ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *