आज धन्तेरस पर्व, के के सामान किन्ने

आज हिन्दूधर्मावलम्वीले धन्तेरस पर्व मनाउँछन् । धन्तेरस पर्व कात्तिक कृष्ण त्रयोदशीमा मनाइन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वतरी प्रकट भएका थिए । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ ।

यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । धन सम्पन्नताका लागि कुबेरको पूजा गर्ने गरिएको छ । यस दिन हिन्दुधर्मालम्बिले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यही भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ ।

धन्तेरसमा के किन्ने ?

धातुका भाडा जसमा पानीको सामाग्री भए धेरै राम्रो

गणेश लक्ष्मीको मूर्ति

माटो वा फलामको दीयो ।

धन यन्त्र

आर्थिक लाभका लागि पानीका भाडा

कारोबारमा विस्तारका लागि धातुको दियो

सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली

स्वास्थ्य तथा आयुका लागि घन्ट

घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *