भेरीको परिक्षणमा बाँकेका २६ सहित ५८ जनामा संक्रमण पुष्टि

भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालद्धारा जारी विवरण अनुसार बाँकेका २६ र अन्य जिल्लाका ३२ जनामा संक्रमण देखिएको हो ।

६८ वर्षिय पुरुषदेखी नेपाली आर्मीका शैनिकसमेतलाई कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । पछिलो २४ घण्टामा अस्पतालको ल्यावमा १६० नमुना परिक्षण गरीएको थियो । त्यसमध्ये १५ महिला र ४३ जना पुरुषलाई संक्रमण देखिएको अस्पतालद्धारा जारी विवरणमा उल्लेख गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *